Another example of Maoist atrocity
म भन्थँे- १३ वर्ष ।
माओवादी लेख्थे- १६ वर्ष ।
कति कक्षामा पढ्छेस् ?
म भन्थेँ- चार कक्षामा ।
माओवादी लेख्थे- छ कक्षामा ।
तेरी आमाले तँलाई अपहरण गरेको भनेर पत्रकारलाई भनिछ, तेरी आमालाई कसले उचालेको ?
म भन्थेँ- खै मलाई त कसैले पनि उचालेजस्तो लाग्दैन । आमाले आफ्नो वास्तविकता सुनाउनुभएको होला ।
माओवादीे लेख्थे- उदय र किशोरले उचालेको हुनुपर्छ ।
टेलिभिजनका लागि दृश्य कैद गर्न तेर्सिएको क्यामेरासामु माओवादीलाई उनीहरूकै कब्जामा रहँदा दिएको उल्लिखित बयान जस्ताको तस्तै भनिरहँदा तीन सातासम्मको मानसिक र शारीरिक यातना सम्झेर ममता दवाडी छिनछिनमा गला अवरुद्ध पारिरहन्थिन् । माओवादीको कब्जाबाट उम्केकै दिन सञ्चारकर्मीसामु तीन साता यस्ता बनावटी व्यवहार थुपै्र सहनुपरेको धाराप्रवाह सुनाउँदै गइन् उनी ।
माओवादी जिल्ला सेक्रेटरी लोकप्रसाद बञ्जरा ‘अक्कल’ ले गोरखा विरेञ्चोकस्थित रत्नराज्य माविमा चार कक्षामा पढ्दै गरेकी ममता अपहरण भएको समाचार सार्वजनिक भएपछि सञ्चारकर्मीलाईर् ममताले भनेभन्दा झूटो विवरण सुनाएका थिए । ममताले राजीखुसीले दिएको भन्दै सुनाएको विवरण झूटा थियो भन्ने हामीले त्यतिबेला नै पत्ता लगाएका थियौं । त्यतिबेलासम्म माओवादी ममतालाई अपहरण गरेको स्वीकार्दैनथे । यातना दिएको त झन् अस्वीकार गर्ने नै भए । उनीहरू भन्थे-’उनी आफ्नै इच्छाले विद्रोह गरेर माओवादीमा लागेकी हुन् ।’
ममताको अपहरण पनि झुक्याएरै भएको थियो । शोभा लामिछाने -सरिता) ले चप्पल किनेर ल्याइदिन्छु भनेर उनलाई लगेकी थिइन् । चप्पल विरेञ्चोकमा किन्न ममताले आग्रह गरेकी थिइन् । शोभाले यहाँ होइन, गोरखामा किनेर भोलि र्फकने भन्दै सदरमुकाम पुर्याइन् । छेपेटार जाने बसमा चढेपछि घर छेउमा ओर्लन खोज्दा दिएनन् । ‘त्यहाँ ओर्लन नदिएपछि मात्रै मैले अपहरण भएको थाहा पाएँ’, ममताले भनिन्- ‘त्यसपछि १५ जना जनसेनाले घेरेर मलाई छेपेटार हुँदै खोप्लाङतिर लगे ।’
नातेदारले लगेकाले फर्काइदिने आशामा ममताकी आमा जूनमायाले नौ दिन कुरिन् । अनि सञ्चारमाध्यममार्फत छोरीको खबर सार्वजनिक गरिन् । पछि माओवादी नेतृत्वले समाचार गल्ती भएको र ममतालाई अपहरण नगरेको जिकिर गर्यो । ममता भागेर आएपछि उनीहरूको भनाइ झूटो सावित भएको छ ।
छोरी अपहरण भएपछि उनको खोजीमा आमा निकै भौंतारिएकी थिइन् । उनले माओवादीको खप्की खानुपरेको थियो । उनको घरमा गएर पनि माओवादीले बारम्बार धम्की दिए ।
घटना सार्वजनिक भएपछि गोरखा आएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त कार्यालयका प्रतिनिधिले ममताको वास्तविक अवस्था बुझिदिन आग्रह गरेका थिए । त्यसपछि माओवादीले ममताको आमालाई भेट्न दिने बतायो । गत साउन २९ गते भच्चेकमा भेट्न दिने बताएका थिए । उनीहरूले त्यसदिन ममतालाई अर्कै ठाउँमा पुर्याए । ममता कब्ज्ााबाट फुत्केर हाम्रो सम्पर्कमा आइसकेपछि सेक्रेटरी अक्कलसित कुरा गर्न माओवादी कार्यालयमा गएका थियौं । उनी कब्जाबाट भागिसकेपछि माओवादीले ममतालाईर् छाडिदिएको बहाना बनाउन प्रयास गर्दै रहेछन् । अक्कललाई खोज्दा एक माओवादी कार्यकर्ताले ममतालाई छाड्ने भनेर लिन जानुभएको छ भनेका थिए । माओवादी कब्जाबाट फुत्केर हाम्रो सम्पर्कमा आएको बताउँदै क्यामेरामा ममताको फोटो देखाएपछि उनले कुरा छले- ‘यसबाट तत्काल फोटो पि्रन्ट गर्न मिल्छ ?’ अहिले ममताले कब्जाबाट फुत्केपछि उनले सार्वजनिक गरेको कुरालाई समेत उनीहरूले बनावटी भन्दै प्रचार गरिरहेका छन् ।
यो एउटा प्रतिनिधि घटना हो । सर्वसाधारणलाई दुःख दिएका उदाहरण धेरै छन् । चाहे त्यो चन्दाको होस् वा अपहरण । बृहत् गणतान्त्रिक मोर्चामा सहभागी गराएको भन्दै अहिले पनि बालबालिकालाई सैन्य तालिम दिएको अभियानबाट र्फकेकाहरू बताउँछन् । उनीहरूको जनमिलिसियामा सबै कलिला बालबालिका देखिन्छन् । उनीहरूले ती सबैलाई ममतालाई जस्तै रेडिमेड कुरा गर्न सिकाएका रहेछन् ।
